काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ८० अंक भन्दा बढी घटेको छ ।
गत शुक्रबार राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको प्रभावस्वरुप नेप्से परिसूचक घटेको हो ।
यसदिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६ सय ५१.४९ विन्दुमा झर्न पुगेको छ भने आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।
अघिल्लो हप्ता यस्तो सूचक ३.२२ अंकले घट्दै २७ सय ३१.७८ विन्दुमा अडिएको थियो । मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात)सँगै सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा परिमार्जन गर्ने आम लगानीकर्ताहरुको अपेक्षा थियो ।