पदाधिकारी चयनमा ९० प्रतिशत कुरा मिलेको गुरुङको स्पष्टोक्ति

काठमाडौं । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिबाटै नेतृत्व चयन गर्नेमा ९० प्रतिशत कुरा मिलिसकेको बताएका छन् । 

सहमतिबाटै पदाधिकारी चयनका लागि अध्यक्ष केपी ओली छलफलमा जुटिरहेका बेला विभिन्न कोणबाट असन्तुष्टिका स्वरहरु आइरहेका बेला गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले सो जानकारी दिनुअघि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा कसलाई ल्याउने भन्ने विषयमा सकसपूर्ण समाचार बाहिरिरहेका थिए । 

त्यसैगरी, शनिबारबाटै अध्यक्ष पदका लागि मतदान गर्न अपिल गरिरहेका थिए । यद्यपि अष्टलक्ष्मी शक्य र युवराज ज्ञवालीले ओलीलाई भेटेर रावललाई व्यस्थापन गर्न आग्रह गरेका छन् ।   

 

 

 

 

सकेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताए ।

 


उनले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिए । ‘सहमतिका लागि प्रयास जारी छ,’ उनले भने, ‘अध्यक्ष पदबाहेक अन्यमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्ष पदका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।


एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयनका लागि आइतबार बिहानैदेखि पार्टीका विभिन्न नेतासँग छलफल गरिरहेका छन् । उनले सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले भने निर्वाचनमै जोड दिँदै आइरहेका छन् । ओलीले रावलसँग पनि भेट गरी सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.