नगर अध्यक्षमा तामाङ निर्वाचित

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बेलका नगरपालिकाको दोस्रो अधिवेशनले मनोज तामाङको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपाल माओवादी केन्द्रको देशैभर एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।

बेलका नगरपालिकाको उपाध्यक्षमा जयकुमार राई, मिश्रिलाल मेहता, लेखबहादुर परियार, सचिवमा भरत घिमिरे, सहसचिवमा पवित्रा राई, कोषाध्यक्षमा हरि जोशी चयन भएको छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.