बन्दसत्र सुरु हुनुअघि ओली भेट्न सफारी पुगे भट्ट

काठमाडौं । नेकपा फुटपछि एमालेमै रहेका पूर्वमाओवादी नेता लेखराज भट्ट अध्यक्ष केपी शर्मा ओली भेट्न पार्क सफारीमा पुगेका छन् ।

पार्क सफारी अध्यक्ष ओली बसेको स्थल हो । यही बसेर आइतबार दिनभर ओलीले पार्टीका शीर्षस्थ नेतासँग भेटघाट र छलफल गरे । 

एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।

ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.