रावलले अध्यक्ष पदमा दिए उम्मेदवारी

चितवन । एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षको पदमा दाबी गर्दै आएका रावललाई ओलीले आइतबार राति १२ बजेपछि पदाधिकारीको नाम सार्वजनिक गर्ने क्रममा उपध्यक्ष पदमा राखेका थिए ।ओलीले नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भन्दै सूची पेस गरे पनि रावल र उपमहासिचव घनश्याम भूसालले भने आपत्ति जनाएका थिए ।

उम्मेदवारी दर्तापछि उनले हरेक महाधिवेशन प्रतिनिधिलाई पदमा उठ्ने अधिकार भएको बताएका छन् । पार्टीमा कुनै समूह नभएकाले आफूले एक्लै उम्मेद्वारी दिएको उनको भनाइ छ ।

केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.