काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन् ।
एमालेको जारी १० औं महाधिवेशनका क्रममा सोमबार उनले सो पदमा उम्मेदवारी दिएका हुन् । माधव नेपाल एमालेमा रहँदा एमाले खेमाका नेता हुन् ।
तत्कालीन ओली गुटले एमालेलाई फुटबाट जोगाउनका लागि मुख्यमन्त्रीको प्रस्ताव गरेपछि उनी ओली समूहमा आबद्ध भएका थिए । यद्यपि वडाअधिवेशन देखि उनी फरक धारकाको रुपमा प्रस्तुत हुँदै आएका छन् ।