नेपालमा न्युन चापीय प्रणालीको प्रभाव

एजेन्सी ।  नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एकर दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आँशिक बदली रहनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.