५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा
दुबै प्लेटफर्ममा यो फिल्म एकसाथ रिलिज हुनेछ । फिल्मका निर्मातालाई ओटीटीबाट ५५ करोड रुपैयाँ आम्दानी भएको छ ।

काठमाडौं । बलिउड नायिका कंगना रनावत अभिनित फिल्म ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । फिल्म शुक्रवारबाट सिनेमा हलमा रिलिज हुँदैछ ।

केही दिन अगाडि मात्र कंगनाले फिल्म रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो फिल्मको हलको विवाद टुंगिएको छ । योसँगै फिल्म अब ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।

यो फिल्मलाई नेटफिलक्सको साथै अमेजन प्राइमले खरिद गरेका छन् । यी दुबै प्लेटफर्ममा यो फिल्म एकसाथ रिलिज हुनेछ । फिल्मका निर्मातालाई ओटीटीबाट ५५ करोड रुपैयाँ आम्दानी भएको छ । यो फिल्म भारतको महाराष्ट्रमा भने रिलिज हुनेछैन । महाराष्ट्र सरकारले अझै पनि हल खोल्नका लागि अनुमती दिएको छैन ।

नायिका कंगना रनावतले महाराष्ट्र सरकारसँग हल खोल्न आग्रह गरेकी छिन् । यो फिल्म हलमा रिलिज भएको २ सातापछि ओटीटीमा रिलिज हुनेछ । यो फिल्ममा कंगनाले भारतकी राजनीतिज्ञ जयललिताको भूमिका निर्वाह गरेकी छिन् । फिल्मलाई समिक्षकले उच्च रेटिङ दिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.