सर्लाही बलरामा सोमबार पनि भयो झडप

काठमाडौं । कांग्रेसको वडाअधिवेशन स्थल राख्ने विषयलाई लिएर सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ ।

झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोज्दा संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेका थिए । 

त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.