काठमाडौं । सोमबार सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। त्यसैगरी, नेप्से २१.४८ अंकले घटेर २६ सय ३० बिन्दुमा अडेको छ।
कारोबारको अघिल्लो दिन आइतबार नेप्से ८० अंकले घट्दा कारोबार रकम ५ अर्बमा सिमित भएको थियो।
यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँमा खरिदबिक्री भयो।
आइतबार २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।