काठमाडौं । सभापति देउवाको गृहजिल्ला डडेलधुरामा भएको वडादेखि जिल्लासम्म भएको अधिवेशनले वैधानिकता पाएको छ ।
सोमबार निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानबिन गरी वैधानिकता प्रदान गरेको हो ।
यसअघि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेजीको माग गर्दै आएका थिए ।
त्यसैगरी, रामचन्द्र पौडेलले पनि डडेलधुराको अधिवेशनलाई लिएर आपत्ति जनाएका थिए ।
