काठमाडौं । नेकपा एमालेको महाधिवेशन स्थलमा प्यानल बनाएर चुनाव उठेको बारे निर्वाचन आचारसंहिता समितिलाई कुनै जानकारी नभएको समितिले जनाएको छ ।
समितिले निर्वाचन भइरहेको होटललाई निर्वाचन परिसरको रुपमा घोषण गरिएको छ । उक्त परिसरभित्र कुनै पनि प्यानलगत पर्चा नभेटिएको समितिका सदस्य कमलराज पाठकको भनाई छ । 'समिति समक्ष प्यानल बनाई प्रचार प्रसार गरेको बारे कुनै उजुरी परेको छैन, न त कुनै गतिविधि नै भेटिएको छ ।' पाठकले भने, 'मतदाताहरु सडकमा छन् सडकमा गएर मतदाताको खल्ती–खल्तीमा छाम्ने कुरा आउँदैन ।'
प्यानलगत प्रचारप्रसार गरेको बारे आधिकारीक जानकारी आएमा भने उक्त कार्यलाई निर्वाचन आयोगले रोक्ने पाठकको भनाई छ ।
तर निर्वचन परिसरमा भने उपाध्यक्ष भिम रावलको समुहलाई नै तोकेर उक्त समुहलाई मत नदिन पर्चा बाँड्ने कार्य भइरहेको छ ।