१०औँ एमाले महाधिवेशन: एक सय ५३ जानले मतदान गर्न बाँकी

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा दुई हजार जनाले मतदान गरिसकेका छन् । कुल दुई हजार एक सय ५३मत मध्ये  दुई हजार मत खसेको हो ।

१० गतेदेखि जारी महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व चयन गर्ने भनी पहल गर्दा पनि सहमति जुट्न नसकेपछि मतदान गर्नु परेको हो ।

मतदान मंगलबार बिहानबाट मतदान सुरु भएको थियो । 

सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो ।

जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ । दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.