दशौं एमाले महाधिवेशनको खर्च ९ करोड

काठमाडौं । १० गतेदेखि जारी एमालेको १०औं महाधिवेशन अझै सकिएको छैन । यससँगै महाधिवेशन खर्च पनि बढेको छ । अनुमानित खर्चभन्दा करिब डेढ करोड खर्च बढी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

३ दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड भनिएको थियो, यद्यपि ५ दिनसम्म लम्बिँदा खर्च बढेको तामाङले बताए । 'सबै गरेर डेढ करोडजत्ति खर्च बढेको अनुमान छ,' तामाङले भने, ुदिन लम्बिँदा खर्च पनि बढ्यो ।'

उनले अन्तिममा आएर मात्रै चुनाव गरिएको पनि बताए । बिहान ४ बजेसम्म सहमतिमा टुङ्ग्याउन खोजिएको तर, नभएपछि मात्रै चुनाव भएको उनले बताए । करिब ७ घण्टासम्म जारी मतदान सकिएको छ । लगत्तै मत गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.