ओलीको र रावलको पक्षमा कति खस्यो मत ?

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । मंगलबार बिहानबाट सुरु भएको मतदानको गणना गर्दा यो सामग्री तयार पार्दासम्मम  ओलीले २८६ मत ल्याएका छन् । त्यसैगरी, ओलीका प्रतिद्वन्द्वी भीम रावलले ३३ मत ल्याएका छन् । 

मंगलबार अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावको पक्षमा मतदान भएको थियो ।

मत गणना अझै जारी रहेको छ । मत गणना सुरु भएको करिब दुई घण्टामा सम्पूर्ण परिणम आउने निर्वाचन समितिले जनाएको छ । नेकपा एमाले महाधिवेशन हुनपूर्वनै ओलीलाई भवी अध्यक्षको रुपमा हेरिएको थियो । यद्यपि भीम रावलले उनीविरुद्ध उम्मेद्वारी दिएपछि सोलाई लिएर निकै महत्वका साथ हेरिएको छ। नेकाप एमाले विभाजनपूर्व रावल माधव खेमामा थिए । अहिले माधव नेपाल एमालेबाट बाहिरएका छन् । तर, रावल १० बुँदेका आधारमा एमालेमै रहेकै कारण पनि रावलको उम्मेदवारी र उनले पाउने मतलाई लिएर चासोका साथ हेरिएको छ ।   

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.