महेश बस्नेतले दिए अध्यक्ष ओलीलाई बधाई

अध्यक्ष पदमा पुन:निर्वाचित हुनुभएको भन्दै नेकपा एमालेका युवा नेता महेश बस्नेतले केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

मंगलबार अध्यक्ष पदका लागि भएको मतगणना समाप्त भएपछि नेताा महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् ओलीलाई पुन: अध्यक्ष पदमा निर्वाचित हुनुभएको भन्दै बधाई दिएका हुन् । 

‘नेकपा एमालेको चालू महाधिवेशनमा १२३को विरुद्ध १८०८ को भारी मतले राजनेता कमरेड केपी शर्मा ओली निर्वाचित हुनुभएकोमा  हार्दिक बधाई,’बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.