काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा सचिव पदका लागि मतदानमा मत गणना कार्य सकिएको छ । सचिव पदका लागि ७ जनाको उम्मेद्वारी रहेकोमा मत परिणाम अनुसार गोकर्ण विष्टले अग्रता लिएका छन् ।
सचिव पदमा परेको कुल मतमध्ये सबैभन्दा थोरै मत टंक कार्कीको रहेको छ । उनले जम्मा पाँच सय मत प्राप्त गरेका छन् । यसैगरी भिम आचार्यले १ हजार ३ सय मत प्राप्त गरेका छन् । सचिव पदका लागि ७ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये कार्की र आचार्यले हारेका छन् ।
यस्ता छन्, सचिव पदमा प्राप्त मत परिणाम :
गोकर्ण विष्ट : १९७६
योगेश भट्टराई : १९६४
छवि विश्वकर्मा : १८००
पद्यमा कुमारी अर्याल : १८००
लेखराज भट्ट : १७०४
टोप बहादुर रायमाझी : १७००
भिम आचार्य : १३००
टंक कार्की : ५००
महाधिवेसनमा निर्वाचित सम्पूर्णलाई महाधिवेशन स्थलमै पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।