काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरेर विजयी भएकी छिन् ।
शाक्यले कुल खसेको २०९६ मतमध्ये उनले उल्लेखित मत पाएकी हुन् ।
त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याएर विजयी भएका छन् ।
सो पदमा उम्मेदवारी दिएका घनश्याम भुसालले भने ७२५ मत मात्रै ल्याएर पराजित भएका छन् ।