कामना सेवाको क्षेत्रीय तथा पुननिर्मित शाखाको उद्घाटन

काठमाडौँ । रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो क्षेत्रीय कार्यालयको स्थापना गरेको छ ।


बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र बैंकका अध्यक्ष सुदिप आचार्यले आज एक कार्यक्रमका साथ क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले हाल सञ्चालित कार्यालयको पुननिर्माण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतका अनुसार बैंकको व्यवसायको मुख्य आधारको रहेको छ । बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरेसंगै सेवा प्रवाह सहज र सुविधायूक्त हुने उनको दावी रहेको छ । उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु लगाएत अन्य थुप्रैको सहभागिता रहेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.