काठमाडौं । अध्यक्ष र उपाध्यक्ष पदमा पराजित क्रमश: भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
मंगलबार सार्वजनिक भएको मत परिणामबमोजिम उनीहरु क्रमश: अध्यक्ष र उपाध्यक्षमा पराजित भएका थिए ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार रावलले ९०४ मत प्राप्त गरेका छन् । रावलले अध्यक्षमा भने २२३ मत प्राप्त गरेका थिए । रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने बताउँदै आएका छन् ।
तर आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो ।
भुसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भएका छन् । तर टंक कार्की भने पराजित भएका छन् ।