एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएको छ । । अहिले वर्तमान समयमा कोभिडको अर्को तेस्रो लहर ओमिक्रोन भाइरसको जोखिम बढेकाले अन्तर्राष्ट्रिय विद्यार्थीमाथी प्रवेशमा रोक लगाएका छन । यस परिस्थितिमा नेपाल लगाएत अन्य देशका थुप्रै विधार्थीहरु प्रभावित हुने छन ।
आजबाट अष्ट्रेलियाले अन्र्तदेशमा हुने विधार्थीको आवातजावतमाथी प्रतिबन्ध लगाएको छ । यो निशेषआज्ञाको समयभने २ हप्ताका लागि तोकिएको छ । जापानले भने सोमबारबाट लागू हुने गरि निशेषआज्ञाको समय तोकेको छ । जापान तथा अष्ट्रेलियाले लगाएको प्रतिबन्ध अन्तराष्ट्रिय सम्पूर्ण विधार्थीका लागि लागू हुने जनाएको छ । पछिल्लो समयमा तेस्रो लहरको नयाँ कोभिडको लक्षण देखिएपछि अफ्रिकी मुलुकहरुसमेत यी राष्ट्रले हवाई यात्रामा समेत रोक लगाएका थिए ।