प्रि-ओपन सेसनमा घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले घटेको छ। 

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँबराबरको एक हजार ७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.