काठमाडौँ । राप्रपाका एकता महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले भने ‘यो नै राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तिम एकता महाधिवेशन हो ।’ अब हामीले बारम्वार यस्ता अरु समस्या ननिम्त्याउने उनको भनाई छ ।
आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुट्न नदिने संकल्पमा रहेका उनको दावी छ । पार्टीका प्रतिनिधिहरुलाई नियमित महाधिवेशनमा बोलाउने प्रतिबद्धता जाहेर गरेका उनले एकता महाधिवेशनमा भने बोलाउन नपर्ने जिकिर गरे ।
२०७६ फागुनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण भएको हो । यो एकीकरण पछिको पहिलो महाधिवेशनले बोलेका कुरा सिद्धान्तमा मात्र नभएर मन, वचन र कर्ममा विश्वास गरेर अगाडि बढ्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।
थापाले नेतृत्व चयन सर्वसहमतिका साथ गर्नुपर्ने धारणा राखेका छन् । सहमतिका आधारमा नेतृत्व छनोट गर्न नसकेमा प्रजातान्त्रिक पद्धतिको मुल्य घट्छ । नेतृत्व छनौट गरेर पार्टीलाई आगामी दिनमा अगाडि बढाउनका लागि आपसी सहमति, सहकार्य र छलफलको आवश्यकता पर्दछ । यसको प्रतिज्ञा सबै पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरुले गर्नु आवश्यक छ ।
पार्टीले स्थापना कालदेखिको इतिहासलाई मेटाउन नहुने उनको धारणा व्यक्त गरेका छन् । पार्टीमा अध्यक्षको मुख्य भुमिका रहेको हुन्छ । पार्टीको विषयमा र राष्ट्र, राष्ट्रियताको प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।
यो पार्टीको स्थापना कालदेखि प्रजातन्त्र पछिको समयसम्म रगत र पसिना बगाएका नेताहरु अझै जीवित नै छन् । यो पार्टीका संस्थापक नेता पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा हुन । नेता ज्ञानेश्वर देवकोटा, पद्म सुन्दर लावती, रामेश्वर देवकोटा, हेमबहादुर लगायत अन्य थुप्रै नेताहरुको योगदान यो पार्टीमा रहेको छ ।
२०७३ सालमा भएको पार्टी एकतामा भनेको भनाइलाई फेरि एक पटक स्मरण गर्नपर्ने उनले बताएका छन् । त्यो समयमा प्रजातन्त्रवादी नेता २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति बोकेर आउदाको समयमा दक्षिण एसियामा राष्ट्रियतामाथि स्वतन्त्र राष्ट्रमाथि संकट देखा परेको थियो ।
त्यही समयमा एउटा स्वतन्त्र राज्य सिक्किम विलय भएको थियो । पार्टी विभाजन भएको थियो । त्यो अवस्थामा वी.पी कोइरालाले नेपाल आएर भनेका थिए–नेपालको अस्तित्व जोगाउनका लागि राजा र जनताको बीचमा एकता हुनुपर्छ । कमल थापाको पनि आफ्नो उद्देश्य यही रहको बताएका छन् ।
नेपालको सन्र्दभमा बाह्य शक्ति र प्रभाव तीव्र रुपमा बढेर गएको छ । विदेशीहरुको रणनीतिक स्थल बन्ने खतरामा नेपाल परेको छ । यसको संरक्षणका लागि पनि राजतन्त्रको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रजातान्त्रिक मूल्य मान्यता र राज्यको अंग अलिक कमजोेर बन्दै गएको छ । भ्रष्टाचारले मुलुक भासिँएको छ । देशमा बलात्कारीको संख्या बढेको छ । महिला हिंसा बढेको छ । यसको निय्रन्त्रण र सुरक्षाका लागि पनि आजको दिन र भोलीको दिनमा राष्ट्रिय सुरक्षाका लागि पनि र राजतन्त्र आवश्यक देखिन्छ ।
हिजोका दिनमा भएको राष्ट्र र राष्ट्रियता आज कमजोर बनेको छ । नेपालमा २०६३ यता देशलाई अगाडि हिड्न सहयोग गरियो । हिन्दू राज्यको इतिहास समाप्त पारियो । हिजोको दिनमा जुन गन्तव्यमा पुर्याउने दृष्टिकोणले नेपालमा राजतन्त्रको अन्त्य गरिएको थियो ।
आज नेपाल पुर्व पुग्नु पर्नेमा पश्चिममा पगेको छ । नेपाल पुगेको नभएर पुर्याइएको छ । अबका दिनमा त्यस्तो हुन नदिन नेपालमा राजतन्त्रको आवश्यकता रहेको उनले औल्याएका छन् ।
उनले भनेका छन् अबको समयमा संघीयताको कार्यान्वयन र गणतन्त्रको कार्यान्वयनका लागि समीक्षा गर्नुपर्ने छ । नेपालको राष्ट्रियता बलियो हुन र देशमा शान्तिको आवश्यकता रहेको उनले बताएका छन् ।
कमल थापाले भनेका छन् ‘हामीले निरङकुश राजतन्त्र चाहेको होइन । नेपाललाई अहिले पनि राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको र नेपालको विसंगतिको अन्त्य गर्नुपर्ने छ ।’