काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो प्यानलबाट उम्मेदवारी तयार गरेका छन् ।
अध्यक्ष थापासँग प्रतिस्पर्धाको तयारी गरेका लिङदेनले बिहीबार आफ्नो प्यानलको तर्फबाट पदाधिकारीको उम्मेदवार र १४१ केन्द्रीय सदस्यको नामावाली टुंगो लगाएका हुन् ।
राप्रपा महाधिवेशनबाट एक अध्यक्ष चार उपाध्यक्ष र तीन महामन्त्री र १४१ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता मुकुन्दश्याम गिरीले जानकारी दिए ।
धबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।