भारतमा देखियो कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं । छिमेकी मुलुक भारतमा  कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालका अनुसार कर्नाटकमा दुई जना कोरोनाका ओमिक्रोन भाइरस संक्रमित बिरामी फेला परेका हुन्। 

योसँगै ओमिक्रोन भेरियन्ट २५ मुलुकमा फैलिएको छ । ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.