दिलमाया शाही
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका ३ गज्याङकोटकी नौ वर्षीया बालिका सुस्मिता बुढा तिला नदीमा डुबेर बेपत्ता भएकी छिन् ।
गुठीठिचौर २ मा काठको साँघु (लाप्को) तर्दै गर्दा ती बालिका चिप्लिएर नदीमा बेपत्ता भएको उनकी दिदी टीका बुढाले बताइन् । उनका अनुसार जंगलमा काठे ओखर टिप्न चार जना गएका थिए ।
चुच्चे बगरबाट तिला नदीले बगाएको खबर प्राप्त भएको गुठीचौर झारजुवाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठले बताए । उनका अनुसरर गज्या्ङ्कोट, मणिसागु प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट गोठिचौर र स्थानीयको सहयोगमा बेपत्ता बालिकाको खोजी भइरहेको छ ।