कोरोनाको असर : बाला चतुर्दशीमा शतबीज छर्नेको भिड औसत मात्रै

काठमाडौं । आज मंसिर कृष्ण चतुर्दशीका अर्थात बाला चतुर्दशी। पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।

बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।

विशेषगरि पशुपतीनाथ क्षेत्रमा लाखौंमा रुपमा भक्तजनहरु जम्मा भएर बत्ति बाल्ने र विहानै शतबीज छर्ने परम्परा रहँदै आएको छ । यो पटकको बाला चतुर्दशीमा भने त्यो संख्यामा निकै गिरावत आएको पशुपती क्षेत्र विकास बोषले जनाएको छ ।

गत बर्ष पशुपती क्षेत्रमा बत्ति बाल्न निषेध गरिएको थियो । कोरोना कारण यो बर्ष पनि भक्तालुजनको संख्या निकै कम छ । विगतका बर्षमा जति मात्रामा भक्तजनको घुईँचो लाग्थ्यो । त्यो कोरोना बर्ष र यो बर्ष छैन ।

पहिलेको तुलनामा २५ प्रतिशत मात्रै भक्तालुजनहरु यस बर्ष रहेको क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले बताए । बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।

अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।

भारतबाट पनि भक्तालुजनहरु पशुपती आउने गर्छन् । तर यो पटक कोरोना कहरका लागि टाढाबाट आउने भक्तालुजनहरु रोकिएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.