देशभर २४६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोना संक्रमित पहिचान भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सात हजार ८३६ जनामा नमुना परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.