सिमकोट खार्पु सडकखण्ड एक हप्तादेखि अवरुद्ध
सडक एक हप्तादेखि अवरुद्ध भए पनि सूचारु गर्न पहल गरिएको छैन ।

सुरेश परियार
हुम्ला । कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट खार्पु खण्ड अवरुद्ध भएको छ । स्याम्ने खोलाले सडकलाई क्षति पुर्‍याएको हो । सडक एक हप्तादेखि अवरुद्ध भए पनि सूचारु गर्न पहल गरिएको छैन ।

खोला नै सडकमा पसेपछि तीन सय मिटर कटान भएको स्थानीय मानहादुर परियारले बताए । अहिले यो सडकमा गाडी चल्न सकेका छैनन् ।

सडक मर्मतमा सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले ध्यान दिएका छैनन् । सडक अवरुद्ध हुँदा हुम्लाको दक्षिण भेगका पाँचवटा गाउँपालिकाकाका स्थानीयलाई समस्या भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.