पूर्व-पश्चिम राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी, ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका ९ रैकवारका ६५ वर्षीया द्रोपति राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीय रानी रानाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको थियो।  दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.