काठमाडौं । प्रदेश-१ मा मतदान अझै सुरु हुन सकेको छैन । मतदानका लागि निर्धारित समयभन्दा तीन घन्टा बितिसक्दा पनि प्रदेश-१ कांग्रेस प्रदेश सभापतिका लागि मतदान सुरु हुन नसकेको हो ।
सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि सारिएको बताइएको छ ।
निर्वाचन समितिका अनुसार जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । मतपत्रमा उम्मेदवारको नाम छुटेको र पुनः मतपत्र छाप्नुपर्ने भए अझै केही समय मतदान हुन सक्दैन । अधिवेशनस्थलमा उम्म्द्वारको प्रसार प्रसारमा नेता कार्यकर्ता र समर्थकहरु जुटेका कारण चुनावी सरगर्मी बढेको छ ।