महाधिवेशनसँगै राप्रपामा टुटफुट अन्त्य हुन्छ :लिङ्देन

काठमाडौं । राप्रपाका भावी अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले एकताको महाधिवेशनपछि राप्रपामा विभाजनको अन्त्य हुने बताएका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनका क्रममा उनले सञ्चारकर्मीसँग सो बताएका हुन् । 

मतदान गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘जित्नेले पार्टी चलाउने हो यो टुटफुटको शृङ्खलाबाट हाम्रो पार्टीले मुक्ति पाउँछ। अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता यो नेताको कार्यकर्ता भनेर चिनिन्थे अब पार्टीको कार्यकर्ता भनेर चिनिनेछन् । हाम्रो विचार सिद्धान्त एउटै हो । राप्रपा खिइनुमा कार्यशैली र रणनीतिका कारणले गर्दा हो भन्ने हाम्रो बुझाइ छ । त्यसैले कार्यशैली र नया रणनीतिका साथ नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने भएकाले प्रतिस्पर्धामा छौँ ।’

अध्यक्ष पदका लागि कमल थापा र लिङदेन प्रर्तिस्पर्धामा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.