काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरमाथि महाअभियोगकै कारण गठबन्धन नभत्किने बताएका छन् ।
एमसिसी र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कि नलगाउने भन्ने विषयमा सत्तागठबन्धनभित्रै मत बाझिरहेका बेला दाहालले शनिबार माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्मेलन गर्दै सो बताएका हुन् ।
प्रचण्डले भने– एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।’