गठबन्धन तोड्न विदेशी शक्ति लागेको प्रवक्ता महराको आरोप 

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमसिसी र प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने कि नलागउने भन्ने विषयलका कारण गठबन्धन नतोडिने बताएकै दिन प्रवक्ता शर्माले सो बताएका हुन् । 

सो क्रममा उनले महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनको आरोप छ । यद्यपि उनले सो आरोपको पुष्ट्याइँ भने गरेका छैंनन् । 

‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’ एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको आरोप लगाए ।

माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.