राप्रपा महाधिवेशन अपडेट : ३००० भन्दा बढी खस्यो मत

काठमाडौं । राप्रपाको महाधिवेशनमा ३००० हजार भन्दा बढी मत खसेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मतदान कार्यक्रममा नेतृत्व चयनका लागि प्रतिनिधिले मतदान गरिरहेका छन् । अब लगभग १५ सय प्रतिनिधिले मतदान गर्न बाँकी छ । प्रतिनिधिले अध्यक्षसहित १४९ ठाउँमा भोट  खसालिरहेका छन् । 

आज राति १० बजेसम्ममा मतदान सकेर ११ बजेबाट मत गणना गरिनेछ । ‘२ घण्टामा मत गणना गरी नतिजा दिने निर्वाचन समितिको तयारी छ । अध्यक्षको मतपत्र तीन ठाउँमा राखेर गन्ने र
मेसिनको पनि २ घण्टामा सक्ने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए ।

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.