राप्रपामा मुस्लिम समुदायका तीनजना केन्द्रीय नेतृत्वमा

काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा तीन जना मुस्लिम समुदायका सदस्य विजयी भएका छन् ।

राप्रपाको मुस्लिम खुल्लाबाट मदिना खातुन १ हजार ७५४ मतसहित केन्द्रीय सदस्यमा विजेता बनेकी हुन् भने दोस्रो नम्बरको मत पाएका ताहिर अलीले १ हजार ५४० मत पाउन सफल भएकी छन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार १ हजार २३२ मतसहित अन्जरा आलमले जित हासिल गर्दा अन्य ४ जना मुस्लिम उम्मेदवार भने पराजित हुन परेको छ ।

जसअनुसार इर्साद आलम मिया (११९३) सलाउदिन जसगढ (१०५६०), हसबुल मिया (६९९) कनिज फातमा रंगरेज (४५४) र शेख मतिउर रहमान (३९९) मतमा सिमित हुनु परेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.