कांग्रेस महाधिवेशन : प्रदेश-१ मा मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेस प्रदेश-१ को प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ।  प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार विराटनगरस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । 

बिहान ८ बजेबाट मतगणना गर्ने भनिए पनि आचारसंहिता र उम्मेदवार प्रतिनिधि गणनास्थल नपुगेपछि ढिलो गरी सुरु भएको थियो । 

मत गणनाको अन्तिम नतिजा राति अबेरसम्म आइपुग्ने बताइएको छ । 

शनिबार सम्पन्न निर्वाचनमा कुल १ हजार ८ सय ४ जना प्रतिनिधिमध्ये १ हजार ७ सय ५२ मत खसेको थियो । 

प्रदेशको सभापतिका लागि डा. शेखर कोइराला पक्षबाट गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षबाट उद्धव थापा मैदानमा रहेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.