कांग्रेस महाधिवेशन : कुन प्रदेशमा कसको छ वर्चस्व

काठमाडौं । मङ्सिर १७ बाट सुरु कांग्रेस प्रदेश अधिवेशनको मत परिणाम आउने क्रम जारी छ ।

यो समाचार तयार पार्दासम्म तीनवाटा प्रदेशको नतिजा आइसकेको छ । त्यसैगरी, प्रदेश १ र लुम्बिनी प्रदेशमा मतगणना जारी छ भने प्रदेश २ मा निर्वाचन हुन सकेको छैन भने बागमती प्रदेशमा पुन: मतदान हुँदै छ । 
कहाँ कुन समूह विजयी

पछिल्लो तथ्यांकअनुसार दुई स्थानमा विजयी भई शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् भने पौडेल समूह एक ठाउँमा मात्र आफ्नो प्रभाव जमाउन सफल भएको छ । गण्डकी प्रदेशमा पौडेल पक्ष विजयी भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले कब्जा जमाएको छ ।

कहाँ को–को भए विजयी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी भएका छन् भने कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।
त्यसैगरी, पौडेल समूहबाट गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.