काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक घटेको छ। आइतबार ७२.३२ अंक घटेर २५१३.८७ विन्दुमा झरेको नेप्से सोमबार प्रि-ओपन सेसनमा पनि घटेको हो ।
सोमबार प्रि ओपन सेसनमा सात कम्पनीको एक हजार १४३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।