पेरिस । युरोपेली युनियनमा अाबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खोल्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले सो जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियोगका प्रमुख र राजदूतहरुको सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अावश्यक भएको उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनको विश्वास छ ।
तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छोडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युरोपेली मुलुकको साझा संगठन खोल्ने बारेमा हामीले साचिरहेका छौं , म्याँक्रोले भने ।