नेपालमा पनि ओमिक्रोन भाइरस पुष्टि ( विज्ञप्तिसहित)

काठमाडौं  । नेपालमा पनि ओमिक्रोन भाइरस पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोमबार पत्रकार गरी सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।  विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनुपर्ने बताइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.