कस्तो छ, ओमिक्रोन संक्रमित दुईको अवस्था ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजनाको अवस्था सामान्य रहेको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमित हुनेमा ६६ वर्षीय महिला र ७१ वर्षीय पुरुष छन् ।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिसकेको छ । भारतमा ११ संक्रमित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नयाँ भेरियन्ट विश्वभरका करिब ४० बढी देशमा फैलिइसकेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.