काठमाडौं । सरकारले तत्काल लकडाउन नहुने बताएको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले यस्तो बताएकाे हाे ।
यद्यपि भौतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले लकडाउनबारे औपचारिक-अनपौचारिक कुनै छलफल नगरेको बताए। ‘अहिले तत्काल लकडाउन हुँदैन। त्रास पार्ने काम गर्नु हुँदैन।
कोभिड-१९ को प्रोटोकल पालना गरौं। यस विषयमा सरकार सचेत छ’ उनले भने ।