एजेन्सी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिकमा आफ्ना कूटनीतिज्ञ सहभागी नगराउने बताएको छ ।
सोमबार ह्वाइट हाउसले शीतकालीन बेइजिङ ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी हुन नसक्ने जनाएको हो । बिबिसीका अनुसार अमेरिकाले चीनमा मानवअधिकारको विषयलाई लिएर सो निर्णय गरेको हो । यद्यपि अमेरकाले शीतकालीन ओलम्पिकमा अमेरिकी खेलाडी सहभागी हुने बताएको छ ।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलिम्पिकमा कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।
चीनको विदेश मन्त्रालयले अमेरिकी बहिष्कारलाई 'नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य'को संज्ञा दिँदै वासिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक 'कपटपूर्ण कार्य र राजनीतिक पहल'को भएको ठहर गरेको छ ।