काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका– ५ को इँटा भट्टीनजिकैको एक स्थानमा एक मृतक पुरुषको शव फेला परेको छ ।
जलेश्वर नगरपालिका– ७ घर भएका लगभग ४२ वर्षका रामसृष्ठ यादवको शव फेला परेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।
अहिलेसम्म मृत्यू हुनुका केहि कारण नखुलेको उनले बताए ।
प्रहरीका अनुसार मृतक भएका यादब १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाको प्रत्यक्षदर्शी रहेका थिए । यादब गत शुत्रवारबाट बेपता रहेका थिए ।
घटना भएकै बेलादेखि बेपत्ता यादवको शव फेला परेपछि आफूहरु सशंकित भएको वडाध्यक्ष यादवले बताए । मृतक यादवको सुक्ष्म छानबिन हुनुपर्ने माग वडाअध्यक्षको माग रहेको छ । अहिले मृतकको शब पोष्टमार्टमका लागि जलेस्वर अस्पताल पठाएको जनाइएको छ । ।