काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री निवास वालवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन । पेटो«लियम पर्दाथको मुल्य घटाउन, सार्वजनिक यातायातमा विधार्थीलाई छुट दिन,त्रिविमा प्रतिस्पर्धाका आधाारमा योग्य ब्यक्ति छानिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन ।
प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझ्दै ,आँफुले सकरात्मक रुपमा लिएको र माग पुरा गर्ने आश्वासन दिएको अनेरास्वयूकी अध्यक्ष सुनिता बराले बताइन । प्रधानमन्त्रीले धेरै नबोलेको र ज्ञापन पत्रमा भनिएको कुरा सहि भएको उनले बताइन । यो पटक विपक्षी विधार्थी गठबन्धनका ६ विधार्थी संगठन संलगन रहेका छन ।