साझा उम्मेदवार छनोटका लागि पौडेल पक्ष छलफलमा

काठमाडौं । साझा उम्मेदववार छनोटका लागि आज नेपाली कांग्रेशको संस्थापन पक्षको बैठक आज १ बजे दिउँसो बैठक बस्ने तालिका तय गरिएको छ ।

महामन्त्री डा. शशांक कोइराला , पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलमध्ये एकजनालाई सभापतिको साझा उमेदवार बनाउने वारे छलफलका लागि आज ,चाक्सीबारीमा बैठक बस्ने भएको छ । उक्त बैठकमा संस्थापन पक्षका पदाधिकारी एवम केन्द्रिय सदस्यहरलाई समेत निम्तो गरिएको छ ।


गत सोमबार नेता पौडेलको निवास बोहराटारमा बसेको चार नेताको बैठकले उमेदवारका लागि सबैसंग परामर्श गरेर मात्र उमेदवार छान्ने निर्णय गरेको थियो । आज बसेको युवा नेताहरुको भेलामा बसेको बैठकले साझा उमेदवार जुटाउन केहि समयका लागि नेताहरुलाई अवसर दिने समेत घोषणा गरेकोे थियो । निष्कर्समा पुग्न नसकेमा केन्द्रिय सदक्ष्य , जिल्ला सभापति र महाधिवेशन प्रतिनिधीहरुको भेलाबाट घोषणा गर्ने समेत निर्णय गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.