काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ३८६ आरटी पीसीआर परिक्षण र २ हजार ४२४ एन्टीजेन गरि कुल ११ हजार ८१० जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
आज थपिएको संक्रमितसँगै नेपालमा ६ हजार ३५२ सक्रिय कोरोना संक्रमित रहेका छन् ।