शशांकको प्रस्ताव पौडेलाई सभापति, भोली फेरि बैठक बस्ने, असहमतिमा शेखर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा ईतरसमूहले साझा उम्मेद्वार बनाउन नेता प्रकाशमान सिंहको निवासमा दिउँसोदेखि बैठक जारी राखेपनि बैठक निश्कर्ष विहीन भएको छ ।

बैठकले सभापतिको साझा उम्मेद्वार बनाउन नसकेपनि शशांक कोईरालाले भने सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रस्ताव गर्दै सभापतिको दावी छाडेका छन् । यस्तै बैठकमा रामचन्द्र पौडल र प्रकाशमान सिंह मध्येबाट साझा उम्मेद्वार खोज्न दबाब बढेपछि शेखर कोईराला भने असहमतिमा पुगेका छन् ।

बैठकपछि नेताहरुले आफ्नो धारणा सार्वजनि गर्दा सहमतिको नजिक भनिएपनि सहमति भने हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । बुधवार फेरि बस्ने बैठकमा शेखर कोईराला उपस्थित नहुने बताइएको छ । उनी सहमतिको लागि तयार नभएपछि भोली बस्ने बैठकमा सहभागी नहुने बताएका हुन् ।

सभापतिमा रामचन्द्र पौडेलले आफ्नो दावी लगातार राखेपछि भोली बैठकमा संभवत नेता सिंह पनि उपस्थित नहुने स्रोतको दावी छ । भोलीका लागि पौडेल समूहको मात्रै बैठक हुनसक्ने बताईएको छ ।

बरिष्ठ नेता पौडेलले भने आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउनका लागि भएको छलफल सहमति नजिक पुगेको दावी गरेका छन् । बुधवार बिहान बसेर सभापतिको साझा उम्मेद्वार टुंगो लगाइने पौडेलले बताए ।

तथापी शेखर कोईराला र प्रकाशमान सिंहको सभापतिमा दावी भने कायमै छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.