काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय निर्वाचन समितिले चार हजार तीन सय १९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
तर,यो सूचीमा महोत्तरी क्षेत्र नम्बर-३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश गरिएको छैन । आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।